काठमाडौं । प्राडा विशेष पौड्यालले १५ वर्षदेखि कार्यरत अल्का अस्पताल छाडेका छन्। रगत रोग विशेषज्ञ डा पौड्याल निजामती अस्पताल सहित अल्का अस्पतालमा पनि कार्यरत थिए।
डा पौड्यालले अल्का अस्पताल छाडेको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि राखेका छन्। १५ वर्ष पछि आजको दिनबाट अल्का अस्पताल छोडियो, उनले २६ साउनमा फेसबुकमा लेखेका छन्।Consultant Haematologist & Bone Marrow Transplant Physician Hematologist डा पौड्याललाई निजामती अस्पताल र ललितपुरको झम्सिखेलमा रहेको ब्लड एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा जाँच गराउन सकिने छ ।
डा पौड्यालकै नेतृत्वमा निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएको थियो। हालसम्म एक सय ४० जनाको बोनम्यारो प्रत्यारोपण भइसकेको छ। उनी निजामती अस्पतालको एकेडेमिक डाइरेक्टर समेत हुन्। चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानको डिएमको अध्ययन समेत उनी अन्तर्गत नै हुँदै आइरहेको छ।

