भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटबाट ३५ केजी ट्युमर निकालिएको छ । काठमाडौंको स्वयम्भू निवासी ती महिलाको डा. सृष्टि श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आइतबार सफल शल्यक्रिया गरेको हो । एक वर्षअघि नै पेट फुल्ने समस्या भएर ती महिला अस्पताल पुगेकी थिइन् । त्यसबेला चिकित्सकले पेटमा सिस्ट भएको भनेका थिए । हाल पेट बढ्दै निकै ठूलो भएर असहज भएपछि उनी भक्तपुर क्यान्सर अस्पताल आइपुगेकी थिइन् । आर्थिक अभावका कारण समयमा नै उपचार पाउन नसकेकी उनलाई भक्तपुर क्यान्सर अस्पतालले सेवा दिएको हो । डा. प्रजापति नेतृत्वको शल्यक्रिया टोलीमा डा. उषा बाडे श्रेष्ठ, डा. अनिशा श्रेष्ठ, डा. रञ्जना मण्डल र डा. देवकी गुवाजुको संलग्नता रहेको अस्पतालले जनाएको छ । ती महिलाको स्वास्थ्य अवस्था हाल सामान्य छ ।साभार कान्तिपुर २०७८ जेठ २४
३५ केजी ट्युमर निकालियो
३५ केजी ट्युमर निकालियो
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

