काठमाडौं ।चाबहिलस्थित गोपीकृष्ण चोकमा छेउमा १ सय १ आना क्षेत्रफलमा फैलिएको ओम हेल्थ क्याम्पस प्रा.लि. बिक्रीका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
ओम अस्पताल एण्ड रिसर्च सेन्टरको स्वामित्वमा रहेको उक्त क्याम्पसमा सिटीईभिटीअन्तर्गतको पिसिएल नर्सिङ, पूर्वाअञ्चल विश्वविद्यालयअन्तर्गत बिएस्सी नर्सिङ र बीएन नर्सिङ अध्यापन हुँदै आएको छ । त्यसैगरी, सोही विश्वविद्यालयको विपीएच कार्यक्रम पनि क्याम्पसले चलाउँदैं आएको छ । वि.सं. २०५५ सालमा ९ करोड रुपैयाँ लगानीमा स्थापना भएको ओम हेल्थ क्याम्पस नेपालमा पुराना नर्सिङ क्याम्पसमा पर्छ । सात तले आफ्नै व्यवसायिक भवनमा झण्डै १ सयभन्दा बढी कर्मचारी र प्रत्येक वर्ष १ सय ६० भन्दा बढी विद्यार्थी पढाउँदैं आएको सो क्याम्पस आर्थिक संकटमा परेपछि बिक्री प्रक्रिया अगाडि बढाइएको क्याम्पसका अध्यक्ष डा. हरिकिशोर श्रेष्ठ बताउँछन् ।
डा. श्रेष्ठका अनुसार कलेज सञ्चालनमा मासिक २० लाखभन्दा बढी खर्च तलबमा मात्रै हुने गरेको छ । त्यसबाहेक अन्य खर्च त्यति नै हुने तर ठोस आम्दानी नभएका कारण बाध्य भएर कलेज बेच्नुपर्ने अवस्था सिर्जना भएको उनले दावी गरे । ओम हेल्थ क्याम्पसको जग्गाको मुल्य प्रतिआना ५० लाखका दरले मात्रै हिसाब गर्ने हो भनेपनि ५० करोडभन्दा माथि हुने एक सञ्चालकले बताए । ४० हजार ५ सय वर्ग फिटमा बनेको सात व्यवसायिक भवन, ब्राण्ड र विद्यार्थीसमेत गर्दा क्याम्पसको सम्पत्ति १ अर्बभन्दा बढी हुन जान्छ ।
ओम हेल्थ क्याम्पस बिक्रीमा
ओम हेल्थ क्याम्पस बिक्रीमा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

