नयाँदिल्ली – भारतको दिल्ली राज्यमा कोरोना भाइरस फैलिएसँगै लगाइएका सबै प्रतिबन्धहरू हटाइएका छन् । कोरोना संक्रमण दर एक प्रतिशतभन्दा कम हुन थालेपछि दुई महिनाअघि लगाइएका प्रतिबन्धहरू हटाइएको हो ।
सरकारको पछिल्लो निर्णयअनुसार सोमबारदेखि दिल्ली प्रतिबन्धरहित हुनेछ । मास्क लगाउनुबाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । रात्रिकालीन कर्फ्यु, पसल व्यवसाय खोल्ने समयसीमा, आधा क्षमतामा मात्रै होटल रेस्टुराँ, सिनेमा हल चलाउनुपर्ने सबै खाले प्रतिबन्ध हटाइएको छ । अब सार्वजनिक यातायात मेट्रो र बस पनि पूर्ण क्षमतामा चल्न पाउने छन् । यात्रुलाई हरेक सिटमा बस्ने मात्रै होइन, उभिएर यात्रा गर्ने सुविधा पनि प्राप्त हुनेछ ।
दिल्लीमा हटाइयो प्रतिबन्ध
दिल्लीमा हटाइयो प्रतिबन्ध
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

