काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा. जितेन्द्र कँडेललाई सम्मान गरेको छ। २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा बेनी अस्पतालमा कार्यरत डा. कँडेललाई एक लाख रुपैयाँ राशीको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित गरेको हो।
सरकारले ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका अहेब योगेन्द्र कट्टेललाई प्रदान गरिएको छ।यसैगरी, दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान समेत प्रदान गरिएको थियो।
सम्मान पाउनेहरूमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महतो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन्।
यसैगरी, गोकर्ण गिरी , डा. शरद चन्द्र बराल, लिला थापा, सञ्जु रिजाल र गगन विकलाई पनि मन्त्रालयले सम्मानपत्रसहित सम्मान गरेको छ।

