इलाम , जिल्ला अस्पताल इलाममा क्षमताअनुसार जनशक्ति नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । अस्पतालको सुधार गर्न स्थानीय बासिन्दाले माग गर्दै आएका छन् ।
१५ शय्याको जिल्ला अस्पतालाई २०६९ असोजमा ५० शय्यामा स्तरवृद्धि गरिएको हो । तर कहिले पनि दरबन्दी अनुसारको विषेशज्ञसहितका डाक्टर यहाँ उपस्थित नहुँदा स्थानीयले महँगो खर्चमा उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि १ जना स्थायी र २ जना करारका डाक्टर मात्र छन् । ‘आवश्यकताअनुसार विशेषज्ञ डाक्टरको व्यवस्था गर्न पहल नभएको हैन,’ कृषिमन्त्री राम रानाले भने, ‘भेन्टिलेटर, आईसीयू सेवा सञ्चालनका लागि पनि जनशक्तिकै अभाव भएकाले प्रदेश सरकारले विशेष पहल गरिरहेको छ ।’

