काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले आफ्ना सबै मिडिया च्यानलहरुलाई आधुनिक र समयसापेक्ष बनाउने घोषणा गरेका छन् ।
अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्ण नेपाल (आवाज सम्पूर्ण)९४ को वार्षिकोत्सवका अवसरमा अध्यक्ष थापाले नेटवर्कले आफ्ना सबै मिडिया च्यानलहरुलाई आधुनिक र समय सापेक्ष बनाउने योजना अन्तर्गतको रेडियो अन्नपूर्ण नेपालको यो दौड विजयोन्मुख रहेको जनाएका छन् । । उनले सन्देशमा भनेका छन, ‘ प्रतिभा, सामग्री र प्रविधिको यो नयाँ संयोजनले श्रोताहरुको मन जित्न सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौं । परिवर्तनशील हाम्रा पहलहरु यहाँहरुको सुझाव, प्रतिक्रिया तथा सहकार्यले झन् सबल हुने छन् । तपाईंका सबै यात्राहरु शुभ रहून ।’

