काठमाडौं । कोभिड –१९ खोप अभियान अन्तर्गत पहिलो चरणमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराइने भएको छ ।
भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार,सूचना प्रणालीमा दर्ता नभएका स्वास्थ्यकर्मीलाई खोप सेवाबाट बञ्चित हुन नदिन दर्ता प्रमाणपत्र र फोटो सहितको परिचय पत्र लिई आएमा खोप लगाउने व्यवस्था मिलाउन सूचित गरिएको छ ।
नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल , नेपाल फार्मेसी काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायि परिषदमा दर्ता भएका सबै स्वास्थ्यकर्मीहरुलाई खोप दिइने भएको छ ।
खोप लगाउने डेढ सय नाघे
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, मुलुकका ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ ।
गत पुस १४ गतेदेखि शुरु भएको अभियानमा हालसम्म २ सय १ वटा बुथबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाइसकेका छन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी सबै, महिला स्वास्थ्य स्वयंमसेविका, जेलमा रहेका कैदीबन्दी र उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव बाहन चालक र सफाइकर्मीले खोप लगाइरहेको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप अभियान शनिवारसम्म चल्ने छ । प्रदेश नं १मा २१ हजार ७ सय ४५ जनाले खोप लगाएका छन् । त्यस्तै प्रदेश नं २मा २१ हजार १ सय ८५ , बाग्मति प्रदेशमा ५५ हजार ५ सय ४ र गण्डकिमा १७ हजार २ सय ७६ जनाले खोप लगाइसकेका छन् । सुदूरपश्चिममा १० हजार ९ सय ७ जनाले खोप लगाइसकेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
दर्ता भएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमै खोप
दर्ता भएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमै खोप
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

