काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क खोप उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अनुदानमा उपलब्ध खोप पछि विभिन्न मीत्र राष्ट्र र संघ संस्थाबाट खोप खरिद गर्ने जानकारी दिए ।
कोभिड –१९ को खोप अभियानको बुधबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अनुदान स्वरुप पाउने वा खरिद गरेरै भएपनि प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने बताए ।‘खोप मार्फत कोरोना भाइरसलाई पराजीत गर्ने आकाँक्षाले व्यवहारिकरुपमा मूर्तरुप लिएको छ । अनुदानको रुपमा खोप प्राप्त गरौं अथवा किन्न परोस । नेपाली नागरिक वा नेपालमा बस्ने व्यक्तिले खोप प्राप्त गर्ने छन । विना भेदभाव प्राथमिकता र संवदेनशीलताका आधारमा खोप उपलब्ध हुने छ । तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौं । मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ ।’
‘तीन महिनाभित्र सबैलाई निःशुल्क खोप’
‘तीन महिनाभित्र सबैलाई निःशुल्क खोप’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

