काठमाडौं । एकैदिन ( असोज २४)मा पाँच हजार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा थपिएको यो संख्या हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,नेपालमा संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन् ।
कोरोना संक्रमित मध्ये झण्डै आधा काठमाडौं उपत्यकामा देखिएका छन् । पछिल्लो चौबिस घण्टामा काठमाडौंमा २१ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २सय ३ गरेर उपत्यकामा २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण ह्वात्तै वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न अनुरोध गरेको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन आग्रह गरिएको छ । ‘मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न , भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न अनुरोध छ ।’ डा. गौतमले भने । उनले सार्वजनिक स्थालमा नथुक्न र पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरे ।
मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै कार्यक्रममा सहभागी नहुनु भनेको छ । सरकारले भनेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही हुने मन्त्रालयले जनाएको छ ।
१४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय २९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २ सय ५२ पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव २ प्रतिशत हा े।
शनिबार १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको हो । योसँगै नेपालमा पीसीआर गर्नेको संख्या ११ लाख ६४ हजार ५५७ पुगेको छ। अहिले देशभर ४ हजार ६८६ जना क्वारेन्टिनमा रहेका छन् । हिमाल पारिका जिल्लाकारुपमा परिचित मनाङ र मुस्ताङमा भने संक्रमण शून्य छ।
एकैदिन ५ हजार ८ संक्रमित थपिए
एकैदिन ५ हजार ८ संक्रमित थपिए
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

