सनग्लास अर्थात् कालो चस्मा फेसनेबल देखिनमात्र होइन, गर्मीमा आँखाको सुरक्षाका लागि पनि आवश्यक छ। गर्मीमा नभई नहुने चिज हो– कालो चस्मा।
कामकाजी महिलाले घाम–पानी भन्न पाउँदैनन्। चर्को घाममा पनि अफिस पुग्नैप¥यो। यस्तो बेला आँखामा चस्मा भएन भने के हाल हुन्छ रु सूर्यका हानिकारक किरणबाट आँखालाई जोगाउन सनग्लास अत्यावश्यक छ। चस्मा नलगाई घाममा हिँड्दा आँखा पोल्ने, रातो हुने, आँशु आउने, रिंगटा लाग्नेजस्ता समस्या आउन सक्छन्। आँखा खुम्च्याएर हेर्ने बानी पनि बस्न सक्छ, जसले आँखाको तलतिर धर्साहरू बसेर अनुहारको सौन्दर्य नै बिगार्ने डर हुन्छ।
यसै पनि गर्मीमा सनग्लास प्रयोग गर्ने फेसन चल्छ। तर, यो फेसनमात्रै होइन, आवश्यकता बन्न पुग्छ। अझहिजो बजारमा विभिन्न भेराइटीका सनग्लास पाइन्छन्। सय रुपैयाँ पर्ने सस्तो चस्मादेखि ३० हजार रुपैयाँ पर्ने ब्रान्डेड चस्मासम्म बजारमा उपलब्ध छन्। घाममा प्रयोग गर्ने चस्माहरू विभिन्न गुणस्तरका हुन्छन्।
फोटोक्रोमेटिक लेन्स सनग्लासमा प्रयोग हुन्छ। यो घाम र छायामा धेरैपटक ओहोरदोहोर गर्नेका लागि उपयुक्त हुन्छ।
पहिले एउटै रङमा मात्र सनग्लास पाइन्थ्यो। हाल आएर डबल सेडवाला चस्मा फेसनमा रहेको छ। यसमा एउटा सेड लाइट र अर्को सेड डार्क हुने गर्छ। यस्तै, गाढा हरियो, हल्का हरियो, रातो, मरुन आदि कलरका सनग्लासको माग पनि बलियो छ। चस्माका लागि कालो सदाबहार रङ भएको छ। हिजोआज मेटल सनग्लासहरू कम प्रयोग हुन थालेका छन्। प्लास्टिक या फाइबरका चस्मा बढी चल्तीमा छन्। प्लास्टिकका चस्मा हलुका पनि हुन्छन्।

