काठमाडौं, साउन ५ । कोरोना भाइरस संक्रमण पाँच महिना पुग्न लाग्दा पनि संक्रमणको अवस्थामा उतार चढाव देखिन थालेको छ ।सोमबार थप १८६ जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। पछिल्लो चौबिस घन्टामा १ सय ७३ जनाले कोरोना संक्रमणपछि उपचारद्धारा निको भएर फर्किएका छन्। योसहित अस्पतालको आइसोलेसनबाट डिस्चार्ज हुनेको कुल संख्या ११हजार ८ सय ६८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण भएको बताए ।
हाल क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ९सय ३६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।सोमबारसम्म ५ हजार ९ सय ३६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

