काठमाडौं, साउन ४ । संघिय राजधानी काठमाडौंमा एक र ललितपुरमा दुई जना सहित देशभर १ सय ५६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएको बताए ।
आइतबार थपिएको सहित संक्रमितको कूल संख्या १७ हजार ६ सय ५८ पुगेको छ । आइतबार ५८ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार, अहिलेसम्म ११ हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन् । क्वारेन्टिनमा २२ हजार ६ सय ६२ जना छन् । पाँच हजार ९ सय २३ आइसोलेसनमा उपचाररत छन् ।अहिलेसम्म तीन लाख १५ हजार ५ सय ७० जनाको पीसीआर प्रणालीबाट स्वाब परीक्षण गरिएको छ । गत ९ माघ देखि संक्रमण देखिन थालेकोमा अहिलेसम्म ४० जनाको मृत्यु भएको छ ।

