काठमाडौं । एकै दिन ( जेठ २० गते ) कोरोना भाइरसबाट संक्रमण पुष्टि हुनेको संख्या २ सय ८८ पुगेको छ । जसमध्ये २ सय ७० पुरुष र महिलाको संख्या १८ रहेको छ ।
पछिल्लो चौबिस घण्टामा २ सय ८८ जना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । भारतबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण बढि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये पुरुष र महिला संक्रमित छन ।
मुलुकका विभिन्न २१ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ । मुलुकका ६१ वटा जिल्लामा संक्रमण फैलिएको छ । अहिले दैनिक तीन हजारको हाराहारीमा पीसीआरबाट परीक्षण भइरहेको छ । अटोमेटेड मेशिन ल्याई एकैपटक धेरै व्यक्तिको परीक्षण गर्ने तयारी भइरहेको डा. देवकोटाले जानकारी दिए ।
अहिले मुुलुकका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना बसिरहेका छन । क्वारेन्टाइनमा रहेका धेरैजसो व्यक्तिहरु भारतबाट भित्रिएका हुन । क्वारेन्टाइनलाई गुणस्तर,व्यवस्थित बनाउनु पर्ने र क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने कुराहरुमा सबै निकायले संयुक्त समन्वयगत ढंगले काम गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । कोरोना संक्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा हालसम्म १ हजार ८ सय २५ जना रहेका छन । अस्पतालको आइसोलेसनमा उपचार पछि डिस्चार्ज हुनेको संख्या हालसम्म २ सय ६६ रहेको छ । जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन ।
एकैदिन २ सय ८८ संक्रमण पुष्टि
एकैदिन २ सय ८८ संक्रमण पुष्टि
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

