काठमाडौं । मुलुकका ४६ वटा जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । एकैदिन जेठ १३ गते थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. देवकोटाले कपिलवस्तुमा २४,रौतहटमा २२,सुर्खेतमा १२, रुपन्देहीमा ८, बाँकेमा ७, सिरहामा ५ जना संक्रमित फेला परेको बताए । यसैगरि, महोत्तरी, बारा, स्याङजा, गुल्मी, अर्घाखाँचीमा दुई÷दुई जना संक्रमित भेटिएका छन । कैलाली र अछाममा एक ÷एक जनामा संक्रमण देखिएको छ । योसहित मुलुकका ४६ जिल्लाका ७ सय ७२ जनामा संक्रमण देखिएको हो । मुलुकका २० वटा प्रयोगशालाबाट परीक्षण गरिएका कारण एकैदिन ९० जनामा संक्रमणको पुष्टि भएको हो ।
डा. देवकोटाले संक्रमितको संख्या बढिरहेकोले परीक्षणको लागि नमुना संकलन गर्दा भरिने फारामको ठेगानामा स्थायी र अस्थायी विवरण लेख्न अपिल गरेका छन । उनले कन्टयाक्ट टे«सिङको लागि सहज हुने भएकोले दुवै ठेगाना उल्लेख गर्न उनले अनुरोध गरेका हुन ।
कति भयो परीक्षण ?
यस्तै हालसम्म द्रुत परीक्षण आरडीटीबाट ९७ हजार ९ सय ६७ र पीसीआर विधिबाट ५४ हजार ४ सय २४ परीक्षण भएका छन् । गत चौबिस घन्टामा आरडीटी विधिबाट ३ हजार ७ सय ८२ र पीसीआर विधिबाबाट २ हजार ७ सय ७५ नयाँ नमूना परीक्षण भएका छन ।
सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५ सय ६१ बागमती प्रदेशमा २४ हजार २ सय १६, गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश ५ मा १६ हजार ८ सय ८०,कर्णाली प्रदेशमा १०हजार ६ सय १८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९ सय २५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन्। यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ । आइसोलेसनमा ५८२ जना रहेका छन्। जसमध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन् ।
१ सय ५५ जना डिस्चार्ज
यस्तै उपचार पछि निको हुनेको संख्या १५५ पुगेको छ । जसमध्ये प्रदेश १ मा २६ प्रदेश २ मा ७६ बागमती प्रदेशमा ११ गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल १ सय ५५ जना डिस्चार्ज भएका छन् । निको हुनेमा १सय २४ पुरुष र ३१ महिला छन् । कोरोना जित्ने १ सय ५५ जना पुगेका छन् । कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

