काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगाउन रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न होमियोपेथि औषधि निःशुल्क वितरण गरिने भएको छ ।
नेपाल मारवाडि सेवा समितिका पूर्व अध्यक्ष पवन मित्तलले महामारिमा कर्तव्य निर्वाह गर्ने क्रममा होमियोपेथिक अस्पताल मार्फत औषधि वितरण गर्न लागिएको बताए । ‘रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले होमियोपेथि औषधि वितरण गर्न लागिएको हो । रोग लाग्नबाट बचाउँछ । ’ उनले भने । इटलि र बेलायतमा होमियोपेथिक औषधि उपचारबाट धेरै संक्रमितलाई निको समेत भएको मित्तलको दावी छ । औषधि साढे दुईलाख व्यक्तिलाई वितरण गर्ने लक्ष्य रहेको मारवाडि सेवा समितिले जनाएको छ । कोरोनाको संक्रमणबाट जोगाउन क्वारेन्टाइनमा बसिरहेकालाई खुवाउने लक्ष्य लिइएको छ ।
काठमाडौंको ६ वटा ठाउँमा वितरण गरेपछि अन्य ठाउँमा बिस्तार गरिने मित्तलले जानकारी दिए । शुरुका तीन दिनमा दुई ÷टयाब्लेट खानु पर्ने होमियोपेथि चिकित्सकको भनाई छ । होमियोपेथि चिकित्सक डा. बलराम केसीले होमियोपेथिक उपचार महामारीका बेला प्रभावकारी हुने बताए ।
कोरोना संक्रमितलाई निःशुल्क होमियोपेथि औषधि
कोरोना संक्रमितलाई निःशुल्क होमियोपेथि औषधि
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

