काठमाडौं । कोरोना संक्रमणको तीब्रतासँगै पछिल्लो चौबिस घण्टामा ५५ जनाको उपचारका क्रममा ज्यान गएको छ ।
कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुनेको यो संख्या पछिल्लो डेढ महिनायताको उच्च हो । शनिबार कोरोनाबाट १९ जनाको निधन भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत असार ९ गते ८१ जनाको ज्यान गएको थियो ।
ढीलो गरि स्वास्थ्य संस्थामा उपचार गर्न ल्याएका कारण मृत्यु हुनेको संख्या बढेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महारागन्जका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार, पछिल्लो समय जटिल अवस्थामा पुगेपछि मात्र संक्रमितहरु भर्ना हुन आइरहेको बताए । उनले भने, ‘ जटिल अवस्थामा नपुग्दै अस्पताल आएको अवस्थामा छिटो उपचार हुन्थ्यो । मृत्युबाट जोगाउन सकिन्थ्यो । ’ कोरोना संक्रमणबाट हालसम्म १० हजार ९३ जनाको ज्यान गइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २५ सय ४८ जना संक्रमित मुलुकभर थपिएका छन् ।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ पुगेको छ । जसमध्ये ८सय २ जनाको सघन उपचार कक्षामा उपचार भइरहेको छ । त्यस्तै १ सय १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु
कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

