काठमाडौं । नेपालगन्ज, बेलासपुरकी मनकारी रेखा शर्मा (मुन्नि)ले बर्दियाको अक्सिजन बैंक सञ्चालनकोलागि ५ हजार ५ सय ५५ रुपैंया सहयोग गर्नु भएको छ ।
आफन्तमाझ ‘मुन्नि’ नामले परिचित शर्माले अक्सिजनको कमिले नागरिकहरुको अकालमा ज्यान जान नदिन आफूले पनि केहि रकम सहयोग गरेको बताउनु भयो ।
बर्दिया,गुलरिया–६ माईती भएकी शर्मा नेपाली काँग्रेस बर्दिया जिल्लाको पूर्व सभापति सुरेशराज शर्माकी कान्छि छोरी हुनुहुन्छ।‘सबैले सहयोग गर्ने हो भने धेरै रकम संकलन हुन्छ । नागरिकले अक्सिजन अभावमा अकालमा ज्यान गुमाउनु पर्दैन । मैले पनि आफ्नो तर्फबाट सहयोग गरेकी हुँ ।’शर्माले भन्नुभयो।
उक्त बैंकबाट आपतकालिन प्रयोजनकालागि सरकारले तोकेको मापदण्ड अनुसार अक्सिजन सिलिण्डरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा बर्दियाका उद्योगी, पत्रकार, व्यवसायि,नागरिक समाज एवं समाजसेवीहरुको सक्रियतामा संकलन गरिएका १६ वटा अक्सिजन सिलिण्डरबाट जिल्ला प्रशासन कार्यालय बर्दियामा अक्सिजन बैंक स्थापना भएको छ । गत बैशाख २६ गते अक्सिजन बैंक स्थापना गरिएको थियो ।
उक्त बैंकबाट आपतकालिन प्रयोजनका लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अक्सिजन सिलिण्डरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

