धनकुटा, सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५२ किलोसहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
करिब ५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

