काठमाडौं । मुलुकमा लेडयुक्त पेन्ट्सको उत्पादन, आयात भइरहेको छ । यसले आम जनस्वास्थ्यमा असर परिरहेको छ । खासगरि बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा असर परिरहेको छ ।
सरकारी अध्ययन अनुसार, करिब ६५ प्रतिशत बालबालिकाको रगतमा लेड पाइएको छ । लेड सम्बन्धी असर न्युनिकरण गर्न वन तथा वातावरण मन्त्रालयले २०७१ पुस ७ गते राजपत्रमा सूचना प्रकाशित गरि पेन्ट्मा लेडको बाध्यकारी मापदण्ड ९० प्रतिशत पीपीएम तोकि लागू भइरहेको छ ।
नेपालमा लेड विषको विषाक्तता घटाई बालबालिकाको भविष्य सुनिश्चित गर्न जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले कात्तिक ५ गतेदेखि १५ गतेसम्म लेडको विषबाट वचावटकोलागि अन्तर्राष्टिय सचेतना सप्ताह मनाउन गइरहेको छ ।
लेडयुक्त पेन्ट्स, लेड विषाक्तता, वचावट र मापदण्डबारे प्रचारप्रसार गरि लेख प्रतियोगिता गराएको छ । भदौ १० गतेदेखि असोज २८ गतेसम्म प्रकाशन गरिसक्नु पर्ने जनाएको छ ।
OOO
नेपाल ग्रिल तथा स्टिल व्यवासायी महासंघका अध्यक्ष मोहन कटुवालले लेड नमिसाईकन रंगहरु उत्पादन गरि उही पैसामा विक्रि गर्नपनि सकिने बताउँदै सबै उद्योगी व्यवसायीहरुले पनि लेडमुक्त पेन्टस् र अन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगको प्रर्वद्धनमा जोड दिएका थिए । कटुवालले सिसामुक्त नेपाल निर्माणमा लाग्नको लागि सबैलाई आग्रह गरेका छन् ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वब्यापीरुपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै शुरक्षित मात्रा हुदैन भने तथ्य पनि स्थापित गरेको छ, लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा असर पु¥याउदछ । लेडको सम्पर्कबाट हुने दिर्घकालिन स्वास्थ्य सम्बन्धि समस्याहरुले बर्षेनी ८,००,,००० मानिसको मृत्यू हुने गरेको छ ।’
जारी विज्ञप्तीमा थप भनिएको छ,‘लेडको सम्पर्कबाट नेपाल लगायत विस्वका निम्न तथा मध्यम आय भएका देशहरुमा हरेक बर्ष करीव ९७७ विलियन डलर बराबरको क्षती भैरहेको छ । विश्वब्यापी रुपमा हुने बौधिक अशक्तता मध्ये लेडको सम्पर्कबाट मात्र ९.३ % हुने गर्दछन् । विश्वब्यापी रुपमा हुने मुटु सम्बन्धि रोग मध्ये लेडको सम्पर्कबाट मात्र ४.०% हुने गर्दछन् । विश्वब्यापी रुपमा हुने हृदयघात मध्ये लेडको सम्पर्कबाट मात्र ६.६% हुने गर्दछन् भने नेपालमा लेडको सम्पर्कबाट पाँच वर्ष मुनीको बालबालिकामा हुने असरबाट बर्षेणी नेपाली रुपैयाँ १ खर्ब ५३ अर्बको बराबरको आर्थिक क्षती भैरहेको अनुमान गरीएको छ । जुन हाम्रो कुल ग्राहस्थ उन्पादनको ४ % हुने आकलन गरीएको अध्ययन समेत रहेको थियो । जसबाट करीव ५८,००० पुर्णरुपले सुविधा सम्पन्न कक्षा कोठा बनाउन सक्ने जतीको क्षती हो भनेर बुझनु पर्दछ । तसर्थ बालबालिका लगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेडसम्बन्धी सरकारी मापदण्ड हदै सम्म प्रभावकारी कार्यान्वयन भैरहेको छ तर अझै बढी प्रभावकारी बनाउदै लानुपर्ने भर्खरै गरीएको अध्यनबाट देखीन आएको छ ।’
प्रेस वक्तव्यको पूर्णपाठ :
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र ९ऋभ्एज्भ्म्० र लिडर्स नेपालद्वारा काठमाण्डौ उपत्यका लगायत पश्चिम नेपालका केही बजारबाट संलन गरीएका १८ पेन्ट्स उद्योगहरुको ३७ वटा रङ्गहरुको नमूनामा नेपाल सरकारको मान्यता प्राप्त विधीबाट गरिएको अध्ययन अनुसार नेपालमा उत्पादन, आयात तथा विक्री बितरण हुने ५९.४६ प्रतिशत रङ्गहरु (संख्याको आधार) मा लेडको मात्रा नेपाल सरकारले तोकेको मापदण्ड ९० पि. पि. एम. लाई परीपाल्ना गरेको पाईएको छ । जुन पहिले वर्ष २०७३ को भन्दा झन्डै दुई गुणाले बढी मापदण्डको परीपाल्ना भएको देखीएको कुरा आम जनस्वास्थ्य, बालबालिकाको स्वास्थ्य र वातावरणको लागी सुखाद समाचार हो । तथापी मापदण्डको अझ बढी प्रभावकारी बनाउदै लानुपर्ने अध्यनको परीनामले देखाउदछ । अध्ययनमा समावेश गरीएका १८ पेन्ट कम्पनिहरु मध्ये आठ (८) वटा पेन्ट उद्योगहरु जस्तै का पेन्टहरु नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयले तोकको पेन्टमा लेडको मापदण्ड ९० पि. पि. एम. सम्म लाई पुर्णरुपमा परीपाल्ना गरेको पाईएको छ भने । सात ((७) वटा पेन्ट उद्योगहरु का पेन्टहरुमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा धेरै गुणा बढी सम्म लेड पाईएको छ । सबैभन्दा बढी ५०३४७.२२ पि. पि. एम. सम्म लेडको मात्रा पाइएको छ । सोही अध्ययनमा समावेश गरीएका अर्का तिन (३) पेन्ट उद्योगहरु का कम्तिमा कुनै एक नमूनामा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी लेड पाईएको छ । मापदन्ड अनुसार हरेक बट्टामा लेडको मात्रा र ब्यवसायजन्य सुरक्षा सम्बन्धी सावधानीमूलक सन्देश समेत लेख्नुपर्ने ब्यवस्था हरेक पेन्ट उद्योगले उल्लङ्घन गरेको पाईयो । पुराना लेडयूक्त पेन्टहरु अझै बजारमा विक्रिवितरण भैरहेको कुरा दुखद पक्ष हो ।
अर्को अध्ययनहरु अनुसार राजधानी सहर काठमाण्डौ उपत्यका र औधोगिक सहर विरगञ्जका स्कूल जाने उमेरका अधिकाशँ बालबालिकाहरुको रगतमा लेडको मात्रा ५ µनरमी भन्दा बढी पाइएको थियो जुन वालवालिकाको शारीरिक, बौद्धिक तथा मानसिक बिकासमां अवरोध पु¥याउन सक्नुको साथै जिन्दगी भरीको आर्थिक उन्नतीगर्ने क्षमतामा नै हा¥स ल्याउदछ भनेकुरासम्बन्धित तथ्याङ्क रहेको छ । विद्यालयभित्रको धुलोमा अत्यधिक लेड, खेलौनमा लेड एवं बालबालिकाको रगतमा समेत यती धेरै खतरनाक मात्रामा लेड पाईराख्नु बाट पेन्टमा लेडको मापदण्डको अझै प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको छ र सो का लागी सम्बन्धित सरकारसंग लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका आयोजक संस्थाहरुको तर्फबाट जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातारण वैज्ञानिक राम चरित्र साहले जोडदार माग गर्नुभयो ।
OOO
रङ्ग उद्योगहरूले प्रयोग गर्ने लेड अर्थात् सिसाको कणयुक्त रसायनका कारण बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पारेको देखिएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
मापदण्ड विपरीत लेडको अधिक प्रयोग औद्योगिक क्षेत्र वरपरका बासिन्दाहरूको लागि निकै जोखिमयुक्त भएको जानकारहरूले बताएका छन्।
मधेस प्रदेश अन्तर्गत बारा पर्सा औद्योगिक करीडरमा रहेका करिब १४ वटा रङ्ग उद्योगमध्ये ३३ प्रतिशत भन्दा बढी उद्योगमा सरकारले तय गरेकोभन्दा बढी लेड पाइएको हो। त्यहाँ आसपास बसोबास गर्ने करिब ५० जना बालबालिकाहरूमा परीक्षण गर्दा उनीहरू सबैको रगतमा लेड भेटिएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले जानकारी दिए।
मापदण्डले तोकेको मात्रा कति?
लेड प्राय रङ्गलाई चम्किलो बनाउन, धातुमा खिया लाग्न नदिन र रङ्गलाई चाँडो सुकाउन प्रयोग हुन्छ।
नेपाल सरकारको मापदण्ड अनुसार रङ्गमा ९० पीपीएमभन्दा बढी लेड प्रयोग गर्न पाइँदैन। तर, हाल ८० प्रतिशत उद्योगले मापदण्ड पूरा गरे पनि २० प्रतिशत उद्योगहरूले लेडको प्रयोगमा जोखिमपूर्ण सामग्रीहरू उत्पादन गरिरहेको सर्वेक्षणले देखाएको छ।
विभिन्न विज्ञ तथा वातावरण वैज्ञानिकहरूको टोलीले देशको सात वटै प्रदेशमा गरेको परीक्षणमा हाल सबैभन्दा बढी जोखिमयुक्त र प्राणघातक लेड मधेस प्रदेशकै रङ्ग उद्योगहरूमा पाइएको सिफेडले जनाएको छ।
लेडले खासगरी बालबालिका तथा गर्भवती महिलालगायतलाई प्रभाव पारिरहेको वीरगञ्जका बाल रोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरको भनाई छ।
कति छन् रङ्ग उद्योग?
उद्योग विभागको तथ्याङ्क अनुसार हाल नेपालमा १ सय ३० वटा रङ्ग उद्योग दर्तामा रहेका छन्। जसमध्ये करिब ४० वटा उद्योगको उत्पादन मात्रै बजारमा भेटिएको साहले बताए।
मधेस प्रदेशमा १२ वटा रङ्ग उद्योगहरू छन्। तीमध्ये एक बहुराष्ट्रिय कम्पनी हो भने बाँकी राष्ट्रिय कम्पनीहरू हुन्।
मधेस प्रदेशबाट १४ वडा नमुना लिइएकोमा १२ वटामा मापदण्ड भन्दा बढी लेड पाइएको साहले बताए।
मापदण्डको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको बताउँदै साह भन्छन्, “यसका लागि सम्बन्धित निकायहरू जस्तै वातावरण विभाग, भन्सार विभाग लगायतबाट निरन्तर बजार तथा उद्योग उत्पादनको अनुगमन गरिनु पर्छ।”
असर तथा प्रभाव
विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यमा असर पार्ने १० वटा रसायनहरूमध्ये लेडलाई प्रमुख रसायनको रूपमा पहिचान गरेको जनाएको छ।
लेडको सम्पर्कबाट विश्वमा हरेक वर्ष दश लाख मानिसको मृत्यु हुने गरेको छ। मध्यम आय भएको मुलुकमा यस रसायनका कारण हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ।
लेडले खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पार्ने जनाइएको छ।
बाल रोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरका अनुसार बालबालिकाको शरीर कमजोर हुने भएकोले लेड शरीरमा गएपछि दीर्घकालिक रूपमा स्वास्थ्य समस्या निम्त्याउँछ।
सरकारको पहल
सरकारले वि.सं.२०७१ साल पुस ७ गते प्राणघातक रसायन लेड (सिसायुक्त) सम्बन्धी मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो। तर, उक्त मापदण्ड सार्वजनिक भएको वर्षौँ हुँदा पनि नेपालमा विक्री वितरण भइरहेका रङ्ग र इनामेलमा मापदण्ड विपरीत बढी मात्रा लेड रसायन पाइएको छ।
रङ्गको प्रयोगबारे जनता आफै पनि सचेत र चनाखो हुन आवश्यक रहेको बताउँछन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ चिकित्सक डाक्टर भक्तबहादुर केसी। “स्थानीय सरकारले यस समस्याको नीतिगत कार्यान्वयनमा ध्यान दिन पर्ने अवस्था छ। सरकार पनि आफ्नो दायित्वप्रति जिम्मेवार भएर लागेको छ।”
विश्व स्वास्थ्य सङ्गठनको नेपाल स्थित कार्यालयका कार्यक्रम अधिकृत राजाराम पोटे श्रेष्ठ भन्छन्,”सात प्रदेश मध्ये मधेस प्रदेश अलि बढी जोखिममा देखिएको छ। त्यसैले पनि यहाँका औद्योगिक करीडरका रङ्ग उत्पादकहरूले मापदण्ड अनुसार उत्पादन गर्नु पर्यो।”
समाधानका उपाय
लेडको अनुचित प्रयोग रोक्न कानुन कार्यान्वयनको पाटोमा जोड दिनु पर्ने बताउँछन् वैज्ञानिक साह। त्यस्तै लेडको विषाक्तता बारे जनचेतना फैलाउनु, बजार अनुगमनमा ध्यान दिनु अन्य विकल्पका रूपमा अघि सार्छन्।
रङ्गको उद्योग वरपरका बस्तीहरूलाई तोकिए बमोजिमको दूरीमा राख्नुले जोखिम केही कम गर्ने जानकारहरूको भनाई छ।
OOO
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादबले लेड एक प्रकारको मन्द विष भएको बताउँदै यसको सुरक्षित विकल्पतर्फ जानु पर्नेमा जोड दिए ।
विज्ञहरुका अनुसार लेडले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पुर्याउँछ । लेडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्य सम्बन्सधी मस्याहरुले वर्षेनी ५ लाख ४० हजार मानिसको मृत्यु हुने गरेको छ भने १.३९ करोड मानिस शारीरिक रुपमा अशक्त बन्ने गरेका छन् ।
संसारभर करिब ८५.७ करोड बालबालिका लेडको सिधा सम्पर्कमा आएर प्रभावित भैरहेका छन् । इन्टिच्युट फर हेल्थ मेटि्रक एण्ड इभ्यालुएसन २०१६ को आकडा अनुसार यो तथ्यांक कुल बालबालिकाको करीब ५० प्रतिशत भन्दा बढी संख्या हो ।
नेपालमा पेन्टको बाध्यकारी मापदण्ड ९० पीपीएम कायम गरिएको छ । तर, नेपालमा यो मापदण्डको प्रभावकारी कार्यान्वयन नहुदाँ नेपालको कुल जनसंख्याको एक तिहाई भन्दा बढी (३४.६) प्रतिशत संख्या ओगटेका बालबालिकाहरु ६५ देखि सय प्रतिशतसम्म लेडको उच्च जोखिममा रहने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
मंगलबार सम्पन्न गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादबले लेड एक प्रकारको मन्द विष भएको बताउँदै यसको सुरक्षित विकल्पतर्फ जानु पर्नेमा जोड दिए ।
के तपाईँले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ ।
घर तथा विद्यालयको कक्षाकोठामा प्रयोग हुने ती सिसाका कण हावाका माध्यमबाट स–साना बालबालिकाको शरीरभित्र सजिलै प्रवेश पाउँछ र दीर्घकालमा क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । लेडको सम्पर्कबाट बर्सेनि आठ लाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले विश्वव्यापीरुपमा मानिसमा बौद्धिक अशक्तता ९.५ प्रतिशत तथा ४ प्रतिशत मुटुसम्बन्धी रोग हुने जानकारी दिए । उनले भने, “नेपालमा बर्सेनि पाँच वर्ष मुनिका बालबालिकामा हुने लेड असरबाट रु एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ । त्यसैले लेडरहित कलरमात्र भित्तामा प्रयोग गर्नुपर्छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौँ उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट सङ्कलन गरिएका १८ पेन्टस उद्योगको ३७ वटा रङ्गको नमुनाको प्रयोगशाला परीक्षण गर्दा ५९.४६ प्रतिशत रङ्ग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रङ्गमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको छ ।
गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, एशियन पेन्टस तथा नेपाल पेन्टस इण्डष्ट्रीका रङ्गमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी लेड पाइएको छ । त्यस्तै काठमाडौँ उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ । ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो ।
ग्रील तथा स्टील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले ग्रीलको मेसिनमा लामो समयदेखि प्रयोग गर्दै आएको तेलमा पनि अत्यधिकमात्रामा लेडको प्रयोग भएको पाइएको जानकारी दिए । बिपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अध्ययन प्रतिष्ठानले हालसम्म चारपटक लेडसम्बन्धी देशव्यापी अध्ययन गरिसकेको जानकारी दिँदै कार्यकारी प्रमुख शाहले कात्तिक ५ देखि कात्तिक ११ सम्म अन्तर्राष्ट्रिय लेड विष रोकथाम सप्ताह– २०१७ मनाइएको जानकारी दिए । रासस”

