काठमाडौं । हरेक व्यक्तिले हप्तामा एउटा अण्डा खानु पर्छ । त्यस्तै मासु कम्तीमा पनि १५ दिनमा आधा किलो आवश्यक पर्छ । त्यस्तै महिनामा झण्डै ८ लिटर दुध चाहिन्छ ।
यो तथ्यांक संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गरेको सिफारिस हो । कृषि तथा खाद्य संगठनका अनुसार, एक वयस्क व्यक्तिलाई वार्षिक न्यूनतम दूध ९१ लिटर, मासु १४ किलोग्राम र अण्डा ४८ गोटा आवश्यक पर्दछ ।
मासुको उपलब्धता पर्याप्त भएता पनि अण्डा र दूधको पर्याप्तता नभएको तथ्यांकमा पाइएको छ ।
हालसम्मको उपलब्धि हेर्दा प्रतिव्यक्ति वर्ष मासु र माछाको उपलब्धता यसको न्युनतम आवश्यकता भन्दा बढी रहेकोमा दूध र अण्डाको उपलब्धता भने केही न्युन रहेको छ ।
अण्डामा किन भयो कमी ?
अहिले प्रतिगोटा अण्डा १८ रुपैंया पर्छ । आर्थिक वर्ष २०७८\०७९ मा कुखुराको संख्यामा आएको कमीका कारण प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ४६ गोटा रहेको छ ।
कुल मासु उत्पादनमा आधा भन्दा बढी योगदान दिने कुखुराको मासुको उत्पादनमा ९ दशमलव ७१ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७८ ÷२०७९ प्रतिकूल दूध उत्पादनमा करिब ३ दशमलव ५ प्रतिशत वृद्धि भइ दूधको उपलब्धता ८८ लिटर प्रतिव्यक्ति प्रति वर्ष पुगेको छ ।
दूध र अण्डा नै पुग्दैन नेपालीलाई !
दूध र अण्डा नै पुग्दैन नेपालीलाई !
"कति खानु पर्छ दूध, अण्डा,मासु ? "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

