काठमाडौं ‘वैवाहिक बलात्कार’ कसुरमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । श्रीमती आरती रावलले दिएको जाहेरीका आधारमा प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी परेकाले थप अनुसन्धानका लागि साँझ जहाजमा काठमाडौंबाट भैरहवा हुँदै उतै पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।
२०७८ फागुन १८ मा जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका गिरी तालिम सकेर २०७९ असारमा कपिलवस्तु अदालतमा पदस्थापन भएका थिए । उनीविरुद्ध कान्छी श्रीमतीले वैवाहिक बलात्कार आरोपमा गत मंसिरमा प्रहरीमा उजुरी दिएकी थिइन् । संगीन आरोपमा जाहेरी परेपछि केही अघि मात्रै न्याय परिषद्ले गिरीको सरुवा गरेको थियो । त्यसपछि जाहेरीको अनुसन्धान अघि बढाउने क्रममा जिल्ला अदालत कपिलवस्तुले चैत २० मा गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन बनेका थिए । त्यसपछि गिरीको खोजीमा कपिलवस्तु प्रहरीले काठमाडौं प्रहरीको सहयोग मागेको थियो । कान्छी श्रीमती आरतीले आफूमाथि श्रीमान्बाट वैवाहिक बलात्कार भएको, बन्धक बनाएर कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीले पनि आरतीविरुद्ध पैसा चोरेको आरोपमा जाहेरी दिएका थिए । सुरुमा प्रहरीले न्यायाधीशविरुद्ध अनुसन्धान नै नगरी अलमल गरेको थियो ।
बहालवाला न्यायाधीशले अनुसन्धान प्रभावित पारेर उल्टै पीडितलाई आक्षेप लगाउने गरी चोरीमा मुद्दा हालेको विषय शंकास्पद बन्यो । त्यसपछि आरती न्यायका लागि काठमाडौं आएर आन्दोलित पनि भइन् । राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा पुगिन् । दुवै आयोगले गिरीविरुद्धको अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिए पनि प्रहरी पन्छिँदै आएको थियो । पछिल्लो पटक फागुन ३ मा आरती र उनको आन्दोलनमा ऐक्यबद्धता जनाउनेले न्यायको माग राख्दै संसद् भवन नयाँ बानेश्वरबाहिर प्रदर्शन गरेका थिए । त्यसपछि गिरीविरुद्ध अनुसन्धान गर्न प्रहरी दबाबमा परेको थियो ।
वैवाहिक बलात्कार’ कसुरमा न्यायाधीश गिरी पक्राउ
वैवाहिक बलात्कार’ कसुरमा न्यायाधीश गिरी पक्राउ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

