काठमाडौं। मिडवाइफ्री सोसाईटी अफ नेपाल (मिड्सन)को अध्यक्षमा प्राध्यापक गोमा निरौला अध्यक्षमा चयन भएकी छिन् ।
शुक्रबार काठमाडौंमा भएको मिडवाइफ्री सोसाइटीको १३ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेसनबाट अध्यक्षमा प्राध्यापक गोमा निरौलाअध्यक्षमा चुनिएकी हुन् । अधिवेशनले उपाध्यक्षमा डा। अर्चना पाण्डे विष्ट र सचिवमा प्रशंसा बुढालाई निर्वाचित गरेको छ।
यस्तै सहसचिवमा ज्ञानु महर्जन तथा कोषाध्यक्षमा ज्योति भेटवाल, सह कोषाध्यक्षमा मैयाशोभा मानन्धर निर्वाचित भएकी हुन् र
कार्यसमिति सदस्यहरुमा आशा लक्ष्मी प्रजापति, विनु थापा,निरन श्रेष्ठ, दिपा भट्टराई र रुकुमणि त्रिपाठी निर्वाचित भएकी छिन् ।
यसअघि डा लक्ष्मी तामाङ सोसाइटीकी अध्यक्ष थिइन् । हुनुहुन्थ्यो । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष र सहसचिव निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पदहरुमा चुनाव भएको थियो ।
कार्यसमितिको कार्यकाल ३ वर्षको कार्यकाल हुनेछ ।

