काठमाडौँ : ‘सेफ्टी’ नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ। नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो।
कम्पनीले विगत १५ वर्षदेखि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको बताएको छ। कुनै पनि नेपाली महीला आधारभूत महिनावारी सरसफाईबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको बताउँदै त्यसैले शुलभ शुल्कमा कम्पनीले बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका सेनेटरी प्याड उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ।
‘सेफ्टी’का २४० एमएम, २८० एमएम र ३२० एमएम बाक्लो र पातलो सेनेटरी प्याडलाई नेपाल गुणस्तर मानक स्ट्यान्डर्ड ५८७ बमोजिम गुणस्तर चिन्ह प्राप्त भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तर मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको हो।
नेपाल गुणस्तर मानक ५८७ ले सेनेटरी प्याडहरूको विशिष्टताहरू जस्तै प्रयोग गरिने सामग्री, सेनेटरी प्याडहरूको प्रकार र आकार, यसको साइज, कारीगरी र फिनिश निर्धारण गर्दछ। आवश्यकताहरू जस्तै मापन, सोसेपछि दबाव सहन सक्ने क्षमता र ब्याक्टेरिया र फंगल बायोबर्डन र छालाका रोगरूको किटाणु उपस्थिति जस्ता शुक्ष्म स्वच्छताका आवश्यकताहरू पनि मानकमा तोकिएका हुन्छन्। यसले उत्पादकलाई “साइटोटोक्सिसिटी”, जलन र छालाको संवेदनशीलता जस्ता बायो कम्प्याटिबिलिटी मूल्याङ्कन सुनिश्चित गर्न पनि निर्देशन दिन्छ।

