काठमाडौं । पाटन रोटरी क्लब र नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोना संक्रमितको सेवामा अग्रपङ्तिमा सेवारत विभिन्न स्वास्थ्य संस्थामा सुरक्षा सामग्रि प्रदान गरेको छ ।
शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल,वीर अस्पताल मुटु बिभाग, सिभिल अस्पताल, ख्वप अस्पताल, ललितपुर हार्ट क्लिनिक लगायत अन्य आठ वटा स्वास्थ्य संस्थालाई २० लाख रुपैंया बराबरको पिपिइ र मास्क लगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
हृदयरोग निवारण प्रतिष्ठानका कार्यक्रम निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. डा.प्रकाशराज रेग्मीका अनुसार चार सय स्वास्थ्यकर्मीलाई ड्राईफूड प्याकेट प्रदान गरिएको छ । त्यस्तै सिभिल अस्पतालमा उपचारत ५० जना कोरोना संक्रमित गरिब बिरामीहरुका लागि ४५ दिनसम्म निःशुल्क खानाको व्यवस्था गरिएको बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले जानकारी दिनु भयो ।
रोटरी क्लव र हृदय प्रतिष्ठानद्धारा २० लाख बराबरको स्वास्थ्य सामग्रि प्रदान
रोटरी क्लव र हृदय प्रतिष्ठानद्धारा २० लाख बराबरको स्वास्थ्य सामग्रि प्रदान
"गरिब बिरामीहरुका लागि ४५ दिनसम्म निःशुल्क खाना "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

