पुस १५, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी)ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाट शेयरधनीलाई कुल ४८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ४९ करोड ६१ लाख रहेको छ ।
बुधवार कम्पनीको शेयरमूल्य २ दशमलव १४ प्रतिशत बढेर प्रतिकित्ता रू. २ हजार २४७ पुगेको छ । यस दिन कम्पनीको १ लाख २४ हजार ९९ कित्ता शेयरको रू. २७ करोड ५४ लाख ५३ हजार बराबरको खरीदविक्री भएको छ ।

