काठमाडौं ।ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा वैशाखको दोस्रो साता तीन दिनसम्म ट्याटूमय रह्यो । नेपाली र विदेशी गरी दुई सयभन्दा बढी ट्याटू आर्टिस्ट रङ र खोपाइको यो कुम्भमेलामा सहभागी भए ।
नवौँ अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सनमा भाग लिन आएका जर्मनीका ट्याटू कलाकार अर्गी कालोदिमास आफ्नो ग्राहकको शरीरको पछाडिको भागमा मण्डल चित्रकलाको डिजाइन गर्दै थिए । ‘मलाई यो बनाउन तीन दिन लाग्छ,’ उनले भने ।
कन्भेन्सनमा नेपाल र विदेशका सयौँ ट्याटु कलाकारको उपस्थिति थियो । अस्ट्रेलियामा जन्मिएका गंगाको शरीरमा ट्याटू खोप्न बाँकी ठाउँ थोरै मात्र बाँकी छ । उनी आफूलाई साधु भन्छन् । साथीसँग कन्भेन्सनमा आएका उनले भने, ‘नेपालमा ट्याटूको क्रेज बढेको देख्दा निकै खुशी लाग्यो ।’
मेलामा सहभागी थुप्रै कलाकारले पहिले पनि यहाँको ट्याटू महोत्सवमा भाग लिइसकेका छन् भने कतिपयको यो पहिलो सहभागिता हो ।
पोखराका ट्याटू आर्टिस्ट निर्मल लोहनी पहिलो पटक कन्भेन्सनमा भाग लिन आएका थिए । ‘मलाई ट्याटूमा असाध्यै रुचि छ । देश–विदेशका थुप्रै आर्टिस्टलाई भेट्न पाउँदा दंग छु ।’
कन्भेन्सनको दोस्रो दिन स्पेनकी मारियाको प्रस्तुतिले धेरैको ध्यान खिच्यो । सस्पेन्सन आर्टिस्ट मारियाले शरीरमा हुक छेडेर झुण्डिँदा सयौँले आश्चर्य मानेर हेरे । उनले दर्जनौँ स्टेजमा यस्तो प्रस्तुति दिइसकेकी छिन् ।
ट्याटू मेलामा पहिलो पटक ट्याटू खोपाउन आउने थुप्रै थिए । बानेश्वरकी अनीता सापकोटाले जीवनमा पहिलो पटक ट्याटू खोपाइन । ‘पहिले त केही आत्तिएकी थिएँ,’ उनले भनिन्, ‘ट्याटू बनाउन थालेपछि भने सहज हुँदै गयो । मैले सोचेभन्दा निकै कम दुख्ने रहेछ ।’
दिनेशकुमार नापित कन्भेन्सनका आकर्षण थिए । उनको शरीरको ट्याटूका कारण धेरैका आँखा उनमा पर्थे । ‘ट्याटू मेरा निम्ति नशा हो,’ उनले भने, ‘यसपालि पनि खोपाएँ ।’
ट्याटू मोह !
ट्याटू मोह !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
यो पनि हेर्नुहोस

